वीरगञ्ज महानगरपालिकामा बसेको सरोकारवालाहरूको संयुक्त बैठकले मंगलवार देखी सडक विस्तार कार्यलाई अघि बढाउन केन्द्रविन्दु निर्धारण गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ा सडक विस्तारका क्रममा सडकछेउका केही संरचनाहरू हटाइए पनि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नभएकाले स्थानीय बासिन्दाहरूमा अन्योलता देखिएको थियो। विशेषगरी “कहाँसम्म संरचना हटाउनुपर्ने हो” भन्ने विषयमा स्थानीयले निरन्तर जानकारी माग्दै आएका हुनाले उक्त समस्या समाधान गर्न त्रिभुवन राजपथको आधिकारिक नक्साअनुसार सडकको केन्द्रविन्दु पहिचान गरिने नगरप्रमुख राजेशमान सिंहले भन्नु भयो ा केन्द्रविन्दु निर्धारण भएपछि दायाँ–बायाँ बराबर दूरी कायम गरी सडकको चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ। बैठकमा नगरप्रमुख , जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा तथा नापी कार्यालय पर्साका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।केन्द्रविन्दु निर्धारण भएपछि दायाँ–बायाँ बराबर दूरी कायम गरी सडकको चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ।