बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभन दिएर बिदेशमा रोजगार मिलाई दिने भन्दै लाखौ रुपैया भन्दा बढी ठगी गरेको आरोपमा अपराध महाशाखा टेकु काठमाण्डौ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ा पक्राउ पर्नेहरुमा रौतहट जिल्ला राजपुर नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर २६ बस्ने २४ वर्षीय दिपक कुमार जसवाल र सर्लाही हरिपुर नगरपालिका वडा नम्बर २ घर भएक ३५ वर्षीय मोहन कुमार थापा रहेका छन् ा जयसवालले बेलायत र थापाले बुल्गेरियामा रोजगार मिलाई दिने भन्दै रकम लिएको रकम लिएपछि सम्र्पक विहीन भएका थिए ा प्रहरीमा जाहेरी परेपछि सोही जाहेरीको आधारमा अनुसन्धान गर्दै जांदा काठमाण्डौमा लुकीछिपी बस्दै आईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीले बताउनु भयो ा थप कारवाहीको लागी वैदेशिक रोजगार बिभाग ताहाचल काठमाण्डौमा पठाइएको छ ा