करार कर्मचारीहरुले तलब नपाएको भन्दै पर्साको छिपरमाई गाउँपालिकामा तालाबन्दी गरी धर्ना दिएका छन् ा बिगत सात महिना देखी गाउँपालिका र वडा कार्यलयमा कार्यरत रहेका कर्मचारीहरुले तलब नपाएपछि भिस्वासिथत कार्यालयमा धर्ना दिई आन्दोलनमा उत्रिएका हुन् ा करार कर्मचारीहरु आंदोलनमा उत्रिएपछि कार्यालयका समपुर्ण कामकाज ठप्प भएको छ ा सात महिना देखी तलब नपाएपछि कर्मचारीहरु समस्यामा परेका छन् ा कर्मचारीहरूले तलब निकासाका लागि प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग पटक–पटक अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको बताएका छन्। करिब ५० जना कर्मचारी सात महिनादेखि तलबविहीन रहेको उनीहरूको दाबी छ।