जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रह्री टोलीले बिशेष सुचनाको आधारमा अबैध तरिकाले मरीच लोड गरीएको ट्रक भन्सार निर लुकाई छिपाई लगीरहेको अवस्थामा प्रहरी ना २ ख ९००२ नम्बरको ट्रकलाई नियन्त्रण्मा लिई थप अनुसन्धान थालिएको छा प्रहरीले सुचनको आधारमा श्रकवार राती १ बजेको समयमा पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नं १६ ईनर्वा भन्सार नजिक फेला पारेपछि मरीच तस्करहरुले प्रहरीलाई हेर्न बितीकै मरीच र ट्रक छाडेर फरार भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छा प्रहरीले ट्रकमा १२० बोरा अबैध मरिच नियन्त्रणम लिएको छ भने थप कारवाहीको लागी ट्रक र मरीच सहित बीरगंज भन्सार पठाएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताएका छन