भारतबाट घरेलु प्रयोजनका लागी खरीद गरेर नेपाल भित्राउंदा राज्यले नेपाली रुपैया १०० सय भन्दा बढीको सामान छ भने भन्सार लाग्ने नियम लगाएपनि तस्करका गिरोहरुलाई उक्त नियम लागु भएको छैन् ा सर्वसाधारण नागरिकहरुले भारतबाट ५ किलो चिनी खरीद गरेर नेपाल भित्राउंदा डिउटीमा खटेका सशस्त्र प्रहरीले भन्सार शुल्क तिरेपछि मात्र नेपालमा भित्राउने गरेका छन्् ा नेपालीमा प्रख्यात उखान छ गरीबलाई ऐन, धनीलाई चैन ा यही उखान जस्तै भएको छ , अहिले बारा जिल्लाका सशस्त्र प्रहरी तथा नेपाल प्रहरी ा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा बारा जिल्लाको मुसरर्वा क्षेत्रबाट संस्थागत तस्करी सञ्चालनमा आएको छ ा बिओपी बैरनिया मुसरर्वाका सशस्त्र प्रहरी र मुसहर्वा प्रहरी चौकीका सई नारायाण लुईटेलले तस्कर समुहसँग साठगाँठ गरी राती र दिउँसोको बखतमा ब्यापक तस्करी सुचार गराएका छन् ा उक्त क्षेत्रबाट १० जना गिरोहका तस्कर समुहहरुले भारतीय कपडा, खाद्दान्न, मोटरपार्टस , कबाड, कुर्ता सुरुवाल, रजनीगन्द्दा, बिषादीयुतm केरा, तरकारी लगायत सामग्रीहरुको तस्करी भईरहेको एक स्थानिय वासिन्दाले भने, रातीको ९ बजे देखी २ बजे सम्म मुसहर्वाको स्थलमार्ग प्रयोग गर्दै काृन्तिपुर छातवा बैरनिया नकटुवा त्रिवेणी हुदै तस्करी मौलाएको हो ा सशस्त्र प्रहरी तथा मुसहर्वाका सई नारायण लुईटेलको मिलोमतोमा रातीको समयमा ८ वटा मोटरसाईकलमा तस्करीको लाईन पाएका छन् भने उनले दैनिक ८ वटा मोटरसाईकल प्रयोग गरेर २० गेठिया भारतिय कपडा नेपाल सहज तरिकाले भित्राउने गरेका छन् ा ७ जना गिरोहहरु मिलेर तस्करी धन्दा फस्टाएका हुन् ा रातीको बखतमा तस्करीको लाईन लिन्दा सशस्त्र प्रहरी , प्रहरी चौकी मुसहर्वाका सई नारायाण लुईटेललाई नेपाली १५० लाख रुपैया मासिक दिने गरेको एक श्रोतले नाम नछाप्ने शर्तमा भने, दिउंसो तबारका ग्रुपहरुले भन्सार छली गरी अबैध तरिकाले भारतिय कपडा सहज तरिकाले मुसहर्वा नाकाबाट भित्राईरहेका छन् ा सिमानाकामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिउँसो नौलो मानिस उतm क्षेत्रमा गयो भने रोकेर तपाई यता के कामले जानु भईरहेको छ सर अनि हजुर के काम गर्नु छ भन्दै प्रश्न सोध्ने गरेका छन् ा उक्त क्षेत्रमा पत्रकार अथवा केन्द्रबाट खटेको प्रहरी त होइनन् त्रासले नौलो मानिसहरुलाई डिउटीमा खटेका सशस्त्र प्रहरी , नेपाल प्रहरीका कर्मचारीले प्रश्न सोध्ने गरेका हुन् ा दिउँसो साईकल गु्रपहरु सक्रिय भएको हुनाले प्रश्न सोध्ने गरेको ती भरपर्दाे श्रोतको दाबी रहेको छ ा साईकल गु्रपले लत्ता कपडा, कुर्ता सुरुवाल, लगायतका सामग्रीहरु ल्याएको वापत प्रहरी चौकीका घुमुवा मेहबुब आलम भनिने मुरतुर्जा आलमले नेपाली रुपैया ५० हजार रुपैया सईलाइ दिनुपर्नै भन्दै लिएको र आपनो भागमा १० हजार रुपैया लिएर साईकल गु्रपलाई तस्करीको लाईन दिएका छ ा मुसहर्वा नाकाबाट , जुता चप्पल, चना, र मोटरपार्टस लगायत तस्करीको धन्दा फस्टाएको हो ा यसबारेमा सशस्त्र प्रहरी बल नेपाल १२ नम्बरका गणपतिको ९८५१२७२११० र नेपाल प्रहरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ९८५५०४५७६६ मा सम्पर्क गर्दा सम्र्पक हुन सकेनन् ा यस तर्फ प्रहरी प्रशासनको ध्यानजानुपर्ने हो ा