नेपाल सरकारले भन्सार बिन्दुमा आउने सामान तथा स्वदेशमा उत्पादन हुने सामानको अनिर्वाय एमआरपी हुनुपर्ने उल्लेख गरेपनि हतारमा एमआरपी लागु गर्न सम्भव नरहेको बीरगंज उधोग वाणिज्य संघले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ा नेपाल सरकारले २०८२ , चैत्र २६ गते एक सुचना जारी गर्दै स्वदेश तथा बिदेशमा आएका सामानहरुमा अनिर्वाय एमआरपी हुनुपर्ने जनाएको छ बीरगंज उधोग वाणिज्य संघले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा (ञ) मा व्यवस्था भएको भनि सरोकारवालासँग व्यापक अन्तरसंवाद र छलफल नै नगरी हठात् एकपक्षीय रुपमा एम.आर.पी. लगाउने निर्णय निजीक्षेत्रमैत्री नभएको , छिमेकी मुलुक भारतमा एम.आर.पी केवल ँःऋन् र साना मेशिनरी सामानमा मात्र लगाइएको छ भने हामी कहाँ सबै वस्तु र सामानमा लगाउनुपर्ने ऐनको बाध्यकारी व्यवस्था अव्यवहारिक छ । प्रति क्षण परिवर्तन भइरहेको अन्तर्राष्ट्रिय बजार मूल्य, अन्तर्राष्ट्रिय मुद्राको यस युगमा आयातित मालसामानको मूल्य निर्धारण प्रक्रिया के हुने ? यसको मापन गर्ने उपकरण कसलाई मान्ने ? जबसम्म यस्तो विरोधाभाषपूर्ण अवस्था र अन्तर्राष्ट्रिय मुद्रा ९ग्क्म्० तथा अन्तर्राष्ट्रिय बजार मूल्यलाई सामान्जस्यता गरिँदैन तबसम्म एम.आर.पी. लगाउन नमिल्ने भएकोले पहिलो चरणमा स्वदेशी बजार र अन्तर्राष्ट्रिय बजारको अध्ययन अवलोकन, निजीक्षेत्रसँग सल्लाह र छलफल गरी उपभोक्ता हितका लागि एउटा मापदण्ड निर्धारण गरेर अघि बढ्नुपर्ने । सानो बजार, सानो अर्थतन्त्र भएको हाम्रो जस्तो देशमा स–साना खुद्रा बिक्रेताले पाउनुपर्ने निश्चित नाफा (आर्जन) का आधार कसरी तय गर्नुपर्ने लगायत मांग रहेको छ ा उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जारी गरेको प्रेस बिज्ञप्तीमा हाम्रो माग अनुसार तत्काल यो समस्याको समाधानको लागि नेपाल सरकारसँग जोडदार माग गरेको छ ा