बीरगंजमा सशस्त्र प्रहरी तथा तस्करीमा संलग्न रहेको महिलाबिच विवाद हुदां २ जना सशस्त्र प्रहरी सामान्य घाईते भएका छन् ा बीरगंज भन्सार गुल्मका प्रहरी नायब उपरिक्षक बिकाश अधिकारीले बिशेष सुचनाको आधारमा भन्सार छलेर अबैध तरिकाले तस्करीको कपडा भित्राएको जानकारी पाएपछि अलखिया मठ अगाडी सशस्त्र प्रहरीले उक्त ई रिक्शालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा तस्करीमा संंलग्न रहेकी दुई महिलाले बिवाद गर्दा सामान्य बिवाद झगडामा परिणत भएको थियो ा सशस्त्र प्रहरीले ई रिक्शा नियन्त्रणमा लिन खोजेपछि महिला चर्काे स्वरमा कराउंदै सशस्त्र प्रहरी सँग झडप नै गरेको भिडीओ सार्वजनिक भएको छ ा सशस्त्र प्रहर िसँग झडप हुने क्रममा ई रिक्शाका चालकले तस्करीमा सामान लिएर फरार भएको छ भने केही मात्रामा सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गर्न सफल भएको हो ा एक पोका सेन्डो गन्जी बरामद भएपछि सशस्त्र प्रहरीले तस्करीको सामान सहित दुबै महिलालाई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बरका गणपति मोहन श्रेत्रीले बताउनु भयो ा बीरगंजको अलखिया मठमा अगाडी सशस्त्र प्रहरी र महिला बीच झडप हुदां केही बेर सम्म टा्रफिक जाम भएको थियो ा