बारा प्रहरी अवैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ा पक्राउ पर्नेमा बारा जिल्ला सिमा्रेनगढ नगरपालिका वडा नम्बर ६ गोलागंज बस्ने ३० वर्षीय बिश्वनाथ मलिक डोम रहेका छन् ा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमा्रेनगढका प्रनानि सुन्दरकान्त मिश्राको कमाण्डमा खटिएको टोलीले बिश्वनाथ मलिक डोमको घरमा खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ७ किलो अबैध गाँजा सहित मलिक डोमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहर िनायब उपरिक्षक एवम् प्रवक्ता सुरेश राज भटले जानकार िदिनुभयो ा गाँजा सहित पक्राउ परेका बिश्वनाथ मलिक डोमलाई अनुसन्धान भईरहेको छ ा यसैगरी बिभिन्न मुद्दामा फरार रहेका १२ अभियुक्तलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ा बिभिन्न मुद्दामा बारा जिल्ला अदालतले १२ जना अभियुक्तलाई दोषी ठहर गर्दै जरीवाना गरेपछि उनीहरु फरार भएका थिए ा बिशेष सुचनाको आधारमा बारा प्रहरीले लुकीछिपी बस्दै आईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक सुरेश राज भटले भन्नु भयो , फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले अभियान चलाएको जानकारी दिनुभयो ा पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर १४ बस्ने ३२ वर्षीय सनी प्रसाद जैसवाल, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय रेणु गिरी, सोही स्थान वडा नम्बर १० बस्ने ३२ वर्षीय रामबाबु धानुक , धिेरन्द्र कुमार चौधरी, महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने सुदामा साह कानु, सोही स्थान बस्ने मोतिलाल प्रसाद यादव, निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने ५१ वर्षीय जित सिंह लामा , सोही स्थान बस्ने, संकलन अचार्य, प्रसौनी गाउँपालिका वडा नम्त्रर २ बस्ने लक्ष्मी नारायण महत्तो लगायत रहेका छन् ा पक्राउ परेका मध्ये ११ जना चेक अनादर मुद्दा तथा १ जना सवारी ज्यान मुद्दामा फरार भएका ब्यतिm हुन थप कारवाहीको लागी बारा प्रहरीले बारा जिल्ला अदालतमा पेश गरेको प्रहरी नायब उपरिक्षक भटले बताउनु भयो ा