वीरगन्ज भन्सारमा आउने वस्तुमा नेपाल सरकारले अनिवार्य अधिकतम खुद्रा मूल्य ९एमआरपी० कार्यान्वयन गर्न खोज्दा एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास हुनसकेको छैन ।
गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । जसका कारण भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधन रोकिने क्रम बढ्दो छ । भारतबाट नेपाल तर्फ आउने एक हजार भन्दा बढी मालवाहक सवारी साधानहर रोकिएका छन् ा
न्ेपाल सरकारले गत वैशाख १५ गतेदेखि आयातित एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य ९एमआरपी० लागू गर्ने निर्णय गरेपनि आर्यातकर्ता तथा निर्यातकताले विरोध जनाउँदै आइरहेका छन् ।