बीरगंजको बिपी उद्दानमा हरियाली पार्कको रुपमा बिकास गर्नै कार्यलाई नगरप्रमु राजेश मान सिंहले तिब्रता दिएका छन् ा बीरगंज शहरको सौन्दर्य बृद्धि तथा वातावरणीय सुधारलाई प्राथमिकता दिदै बिपी उद्दानमा महानगरपालिकाले हरियाली पार्कको रुपमा बिकास गर्ने कार्यलाई तिब्रता दिइएको हो ा उक्त क्षेत्रमा अहिले माटो पुर्ने, जमिन सम्याउने तथा नियमित सिँचाइ गर्ने काम भइरहेको मेयर राजेश मान सिंहले भने, उनको अनुसार अब छिटै नै बिपी उद्दानमा दुबो रोप्ने, विभिन्न प्रजातिका फूल तथा बिरुवा रोपण गर्ने र हरियाली व्यवस्थापनलाई थप व्यवस्थित बनाइनेछ। यसले पार्कलाई प्राकृतिक रूपमा सुन्दर र वातावरणमैत्री बनाउने जानकारी गराउंदै बीपी उद्यानलाई आधुनिक, सफा र व्यवस्थित हरियाली पार्कका रूपमा विकास गरिने बताउनु भयो ा पार्कभित्र पैदल मार्ग, विश्रामस्थल, फूलबारी तथा हरियाली क्षेत्रको व्यवस्थित संरचना निर्माण गर्ने योजना रहेको नगर प्रमुख राजेश मान सिंहको भनाई रहेको छ ा पार्कको उत्तरतर्फ रहेको पुरानो रेल्वे लिक क्षेत्रमा रेल्वे संग्रहालय निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। ऐतिहासिक महत्व झल्काउन जनकपुर बाट पुरानो रेल इन्जिन ल्याएर संग्रहालयमा राख्ने तयारी भइरहेको बताउनु भयो ा