मधेश प्रदेश प्रहरी कार्यालयद्धारा लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लागुऔषध नियन्त्रणका लागि अपनाइने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले लागुऔषध दुव्र्यसन न्यूनीकरण, सेवनकर्ताको पहिचान, उपचार तथा पुनःस्थापनाका विषयमा समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ा कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक ९एसपी० सुदिप राज पाठक,बिरगंज सशस्त्र प्रहरी १३ नम्बर गणका प्रमुख एस्पी मोहन बहादुर क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कटवाल लगायत उपस्थिति रहेको थियो। उक्त कार्यक्रम पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ा