नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजनामा सञ्चालन गरिएको नबिल नि शुल्क जलन उपचार शिविरमा १५० जनाले परामर्श तथा उपचारको लाभ लिएका छन् ा
जलन शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको छ भने , ६ जना बिरामीलाई काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको हो ा शिविरमा फेक्ट नेपाल, कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा। शंकरमान राईसहितका विशेषज्ञ चिकित्सकको टोलीले शल्यक्रिया गरेका हुन् । फेक्ट नेपालका स्वास्थ्यकर्मीहरूले स्थानीय तहमै पुगेर बिरामीहरुको प्रारम्भिक विवरण लिएका थिए ।जलन उपचार शिविर सञ्चालन गर्नुअघि मधेश प्रदेशका विभिन्न छ जिल्लाका २७ पालिकामा स्क्रिनिङ क्याम्प आयोजना गरिएको थियो ।