बिभिन्न मुद्दामा फरार रहेका ७ जनालाई अभियुक्तलाई बारा प्रहरीले बिशेष सुचनाको आधारमा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता सुरेश राज भटले जानकार िदिनुभयो ा बारा जिल्ला अदालतले बिभिन्न मुद्दामा पक्राउ परेका ७ जनालाई दोषी ठहर गर्दै जरीवानाको फैसला गरेपछि उनीहरु फरार भएका थिएा बारा प्रहरीले फरार अभियान अभियुक्तलाई पक्राउ गर्नका लागी बिशेष अभियान सञ्चालन गरेको प्रहरी नायब उपरिक्षक सुरेश राज भटले भने, सोही अभियान अन्तर्गत घरमा लुकीछिपी बस्दै आईरहेको सुचनाको आधारमा ७ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ा पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर ६ बस्ने अशोक कुमार गुप्ता, सोही स्थान बस्ने अशोक कुमार गुप्ता, आर्दशकोटवाल गाउँपालिका वडा नम्बर २ बस्ने संजय कुमार साह, बारागढी वडा नम्बर २ बस्ने फुल कुमारी देवी, बिश्रामपुर गाउँपालिका वडा नम्बर १ बस्ने रमेश महतो धानुक, कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्ने राजन कुमार गुप्ता र जीतपुर सिमराउपमहानगरपालिका वडा नम्बर २० बस्ने रितेश चौधरी रहेका छन् ा थप कारवाहीको लागी बारा जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरिक्षक भटले जानकारी दिनुभयो ा