वडा प्रहरी कार्यालय बिर्ता तथा समुदाय प्रहरी सेवा कुम्हाल टोलको संयmुक्त आयोजनामा बीरगंज महानगरपालिका वडा नम्बर ५ मा नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ा “हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी समुदाय–प्रहरी साझेदारी” कार्यक्रममा बढ्दो ट्राफिक समस्या, लागूऔषध दुव्र्यसन, सार्वजनिक सुरक्षा तथा समुदाय–प्रहरी सहकार्य सम्बन्धी सम्पन्न भएको हो ा वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। सामुदायिक प्रहरी सेवा कुम्हाल टोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल श्रवण बहादुर रायमाझी, मार्टिन मोक्तान, अभिलाष गुप्ता, टोल सुधार समाज कुम्हालटोलका अध्यक्ष नन्दलाल राउत अहिर, लगायतको उपस्थिती रहेको थियो ा