बीरगंज नगरक्षेत्र भित्र रहेका निष्क्रिय रहेका सहकारी संस्था दर्ता खारेजे प्रक्रिया अगाडी बढाएको छ ा
महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आफ्नो क्षेत्र अधिकार भित्र सञ्चालनमा रहेका ८८ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया सुरु गरिएको जनाएको हो।
महानगरपालिकाका अनुसार ती सहकारी संस्थाहरूले लामो समयदेखि कुनै आर्थिक कारोबार नगरेको, मासिक प्रगति प्रतिवेदन पेश नगरेको, वार्षिक साधारण सभा आयोजना नगरेको, लेखापरीक्षण प्रतिवेदन बुझाउन नसकेको तथा कोपोमिस प्रणालीमा विवरण प्रविष्टि समेत नगरेको पाइएकाले कारवाही प्रक्रिया अघि बढाइएको हो। वीरगञ्ज महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ६६ उपदफा ९३० बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको र ऐनकै दफा ६६ उपदफा ९४० अनुसार सम्बन्धित संस्थालाई सुनुवाइका लागि ३५ दिने सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले सम्बन्धित सबै सहकारी संस्थालाई तोकिएको अवधिभित्र सम्पर्कमा आई आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ।