आमा नेपाल फाउन्डेशनको आयोजनामा वीरगञ्ज वडा नम्बर ८ स्थित रहेको क्लासिक बैंक्वेटमा “शून्य फोहोर मेला–२०२६” सम्पन्न भएको छ। “ स्वच्छ हरित र दिगो भविष्य तर्फ ” भन्ने मूल नाराका साथ शुन्य फोहोर मेला सम्पन्न भएको हो ा कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले वातावरण संरक्षण र फोहोर व्यवस्थापन आजको महत्वपूर्ण आवश्यकता भएको बताउँदै फोहोरमुक्त अभियानलाई समुदायस्तरबाट व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले वीरगञ्जलाई स्वच्छ र दिगो शहर बनाउन स्थानीय सरकार, समुदाय, विद्यालय तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। आमा नेपाल फाउन्डेशनकी अध्यक्ष प्रमिता मानन्धर ले शुन्य फोहोर अभियान केवल वातावरणीय कार्यक्रम नभई समाजको सोच र व्यवहार परिवर्तनसँग जोडिएको अभियान भएको बताउनुभयो। उहाँले वीरगञ्जलाई “श्भचय ध्बकतभ ऋष्तथ” बनाउने दीर्घकालीन लक्ष्यका साथ संस्था निरन्तर सक्रिय रहने जानकारी दिनुभयो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् स्वास्थ्य तथा समाज कल्याण शाखा प्रमुख प्रतिज्ञा वैद्य, एभरग्रीन टेक्निकल इन्स्टिच्यृट अफ हेल्थ साइन्स का निर्देशक, इन्जिनियर प्रदीप, प्रोफेसर डा। बबिता सिंह तथा तेरापन्थ महिला मण्डलकी अध्यक्ष ममता कोठारी बिधार्थी, समाजसेवी लगायत उपस्थिति रहेको थियो।