महिलाको हत्यामा संलग्न रहेको आशंकामा बारा प्रहरीले दुईजनालाई पक्राउ गरी अनुसन्धान थालेको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता सुरेश राज भटले भन्नु भयो , निजगढ नगरपालिका वडा नम्बर ९ बुद्ध चोक स्थित रहेको गुरुड होटलमा निजगढ नगरपालिका वडा नम्बर १२ बस्ने २५ वर्षिय सीता थिड होटलको रुम भित्र घाईते अवस्थामा होटलका कर्मचारीले देखेपछि प्रहरीलाई तुरुन्तै खबर गरेको थिए ा घटनास्थलमा पुगेका प्रहरीले घाइते सीतालाई उद्धार गरी थप उपचारको लागी सामुदायिक अस्पताल प्रसृति गृह निजगढमा भर्ना गर्दा चिकित्सकले मृत घोषणा गरेको थियो ा चिकित्सकले मृत घोषणा गरेपछि प्रहरीले बिहीवार राती नै अनुसन्धान गर्दै जाँदा मृत्क सँग निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने १८ वर्षिय अनु सुनार पनि उतm होटलको रुममा गएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बारा तथा ईलाका प्रहरी कार्यालय निजगढको संयुतm प्रहरी टोलीले अनु सुनार सँग अनुसन्धान गर्दा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाड्गिया बस्ती बस्ने ३५ वर्षिय महेश माक्षी र सोही स्थान बस्ने सुनिल बोम्जन मृत्क सीता थिड सँग रहेको खुलाशा गरेपछि बिशेष सुचनाको आधारमा प्रहरीले सुनिल बम्जनलाई टाड्गिया बस्तीको जंगलबाट राती १ बजे र महेश माक्षीलाई निजगढ नगरपालिका वडा नम्बर ७ माक्षीटोलबाट बिहान ४ बजे पक्राउ गरिएको हो ा अनुसन्धानमा खटेका एक प्रहरी अधिकृतले बताए अनुसार मृत्क सिता थिड् सँग बिवाद भएपछि घटना भएको अहिलेको अनुसन्धानबाट खुलेको छ ा सिता थिड्को मृत्यु भएपछि उनीहरु होटलबाट फरार भएको हुनाले घटनामा संलग्न रहेको आशंका गरिएको छ ा घटनाबारे अनुसन्धान भईरहेको हुनाले अहिले नै सुनिल र महेशलाई दोषी भन्न नमिल्ने बताउनु भयो ा