सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण तथा बीरगंज भन्सार गुल्मबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनको आधारमा भन्सार छली गरी ल्याएको कपडा, कुर्ता सुरुवाल , किराना सामानहरु बरामद गरी थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन राज निरौलाले जानकारी दिनुभयो ा भारतको रक्सौलबाट अबैध तरिकाले भन्सार छली गरी चोरी पैठारी कपडा , कुर्ता सुरुवाल भण्डारण गरेको सुचना पाएपछि बीरगंज भन्सारका प्रहरी नायब उपरिक्षक बिकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले बारा बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवा बिर्ताटोल स्थित रहेको गोठमा छापामारी गर्दा ११ लाख ७५ हजार रुपैया बराबरको १७ पोका कपडा बरामद गरिएको हो ा यसैगरी पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा स्थित रहेको घरमा छापामारी गर्दा २ लाख ३५ हजार रुपैया बराबरको किराना सामानहरु बरामद गरिएको प्रहरी नायब उपरिक्षक मोहन राज निरौलाले बताउनु भयो ा भन्सार छली गरी किराना सामान नेपाल भित्राइएको सुचना पाएपछि भिखमपुर बिओपीका प्रहरी नायब उपरिक्षक सुमन बोगटी तथा बीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले भण्डारण गरेको अवस्थामा तस्करीको सामानहरु बरामद गरिएको प्रहरी नायब उपरिक्षक निरौलाले बताउनु भएको छ ा बरामद गरिएको कपडा र किराना सामानलाई बीरगंज भन्सार कार्यालयमा पठाइएको हो ा