बारामा पशुपन्छीमा बर्डफ्लु फेला परेको छ ा बाराको परवानीपुर स्थित रहेको राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत मानिसहरुले पालिएका पन्छीमा बर्डपलु देखिएपछि ५० लाख रुपैया बराबरको क्षति भएको छ ा राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर प्रजाले बताए अनुसार सुरुमा टर्की जातका पन्छीमा बर्डफ्लु पुष्टि भएको थियो । त्यसपछि फार्ममा रहेका अन्य प्रजातिका पन्छीमा पनि संक्रमण फैलिँदै गएपछि अनुसन्धानका लागि पालिएका विभिन्न प्रजातिका पन्छी तथा तिनका आहारसमेत नष्ट गर्नुपरेको बताउनु भयो ा वहांले बताए अनुसार बर्डफ्लुका कारण करिब दुई हजार कुखुराका चल्ला, १२ सय नष्ट गरिएको बताउनु भएको छ ा