अबैध लागु औषध सहित पर्सा प्रहरीले चारजनालाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाइएको पर्साका प्रहरी नायब उपरिक्षक हरि बस्नेतले जानकारी दिनुभयो ा लागु औषध सेवनकर्ता खोजी एंव सुधार महाअभियान अन्तर्गत पर्सा प्रहरीले खैरो हिरोइन तथा चरेश सहित चारजनालाई पक्राउ गरिएको हो ा बीरगंज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट नजिकै खटिएको प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंजतर्फ आउंदै गर्दा पैदल यात्रु र सवारी साधान शंकाको आधारमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध बरामद गरिएको प्रहरी नाउब उपरिक्षक बस्नेतले भन्नु भयो ा पक्राउ पर्नेहरुमा २६ वर्षीय पैयाल अन्सारी , ३४ वर्षीय संजय साह, ३४ वर्षीय संजय साह २१ वर्षीय बिशाल यादव रहेका छन् ा उनीहरुको साथबाट खैरौ हिरोइन तथा चरेश जस्तो देखिने पदार्थ फेला परेको हो ा लागु औषध मुद्दामा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी नायब हरि बस्नेतले जानकारी दिनुभयो ा