कर्तब्य ज्यान मुद्दामा फरार रहेका २ जना अभियुक्तलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ा २०७६, ४, ३१ गते बीरगंज महानगरपालिका वडा नम्बर २७ जसौली बस्ने ७० वर्षीय महिन्द्र महतो कोइरी सँग सोही स्थान बस्ने वडा नम्बर २७ का ५० वर्षीय जगमती देबी कोइरी र जितेन्द्र प्रसाद कुशवाहा सँग घरायसी बिवाद भएको थियो ा समान्य बिवाद उग्ररुप लिएपछि जगमती देवी र जितेन्द्र प्रसाद कुशवाहाले महिन्द्र महतो कोइरीको हत्या गरि फरार भएका थिए ा बिशेष सुचनाको आधारमा प्रहरीले हत्यामा संलग्न रहेका जगमती देबी तथा जितेन्द्र कुशवाहालाई उनकै घरबाट पक्राउ गरेको हो ा प्रहरीले थप अनुसन्धानको लागी पर्सा जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक हरि बस्नेतले बताउनु भएको छ ा