पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ३ बस्ने ४५ वर्षीय चनरजित राउतले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुई स्थित रहेको एभरेष्ट छाला कम्पनीमा टा्रन्सफर्मर जडान गर्ने क्रममा उक्त टा्रन्सफर्मर बिस्फोट हुदाँ राउत गम्भिर घाईते भएका थिए ा घाईते राउतको बीरगंजमा उपचार नभएपछि थप उपचारको लागी काठमाण्डौ बीर अस्तपालमा भर्ना गरिएको थियो ा उपचारको क्रममा मंगलवार राउतको मृत्यु भएको उनका परिवारजनहरले बताएका छन् ा राउतको मृत्यु भएपछि आफन्तहरुले एभरेष्ट छाला उधोग अगाडी उचित क्षतिपृतिको माँग गर्दे प्रर्दशन गरेका छन् ा प्रर्दशनकारीले पिडीत परिवारलाई न्याय, राहत तथा कम्पनीले जिम्मेवारी लिई क्षतिपृति दिनुपर्ने उनीहरुको मांग रहेको छ ा बीरगंज महानगरपालिका वडा नम्बर २३ मा रहेको सन तारा इलेक्ट्रिक प्रालिमा मृत्क राउत कार्यरत थिए ा गत चार दिन अगाडी एभरेष्ट छाला कम्पनीको टा्रन्सफर्मर जडान गर्ने क्रममा बिस्फोट भएको थियो ा बिस्फोटबाट राउतको आधा शरीर पुर्णरुपले जलेको थियो ा