नेपाल सद्भावना पार्टीका संस्थापक स्वर्गीय रामजन्म तिवारीको २७ औं स्मृति दिवस मनाइएको छ ा बिभिन्न मधेशवादी दलमा आवद्ध रहेका नेता तथा कार्यकर्ताहरुले बीरगंजको घण्टाघर स्थित रहेको स्वर्गीय तिवारीको शालिकमा माल्यपर्ण गर्दे उनको जीवनी तथा राजनितिक यात्राको चर्चा गर्दै समृति दिवस मनाइएको छ ा कार्यक्रमलाई सम्बोधन गर्दै मधेशवादीका वरिष्ठ नेता भाग्यनाथ गुप्ताले मधेशी जनताको हक र अधिकारका लागी पहिलो मधेशी नेता स्वर्गीय राजजन्म तिवारी रहेको बताउनु भयो ा नेता गुप्ताले मधेशी समुदायमाथि भएको विभेदविरुद्ध तराई कांग्रेसमार्फत नेपाली कांग्रेस सरकार र तत्कालीन राजा त्रिभुवनसमक्ष समेत आवाज उठाएको स्मरण गरे। नेता गुप्ताले राजा महेन्द्रद्वारा २०१६ सालमा जननिर्वाचित सरकार हटाएर सत्ता आफ्नो हातमा लिएपछि स्व। तिवारीले त्यसको कडा विरोध गरेको स्मरण गर्दै पञ्चायती व्यवस्थाका क्रममा हर्क गुरुङको बसाइँसराइ सम्बन्धी प्रतिवेदन तथा मधेशविरोधी नीतिको समेत सशक्त विरोध गर्दा पटक–पटक जेल जानुपरेको बताउंदै स्व। तिवारीले मधेशको पहिचान, भाषा, भेषभूषा, संस्कृति तथा मधेशी जनताको सम्मान र अधिकारलाई जीवनको मुख्य उद्देश्य बनाएको उल्लेख गर्दै उहाँ सादा जीवन र उच्च विचारका प्रतीक भएको बताए।प्रो। गुप्ताले २००७ सालको क्रान्ति र २०४६ सालको आन्दोलनमा वीरगञ्जको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै स्व। तिवारीकै नेतृत्वमा मधेशी जनता आन्दोलनमा सहभागी भएको बताए। उनले स्व। तिवारीले सद्भावना परिषद्मार्फत मधेशी जनताको अधिकारको आवाज उठाउँदै सत्ता समक्ष सशक्त ढंगले प्रस्तुत भएको बताए। कार्यक्रममा अधिवक्ता सुरेन्द्र कुर्मी, पन्नालाल गुप्ता, शशी कपूर मियाँ, नेजामुदिन समानी, शिव पटेल, शम्भु गुप्ता, श्याम गुप्ता, अखिलेश प्रसाद लगायत स्व। तिवारीका पौत्र अधिवक्ता आशुतोष तिवारी लगायत नेताहरुको उपस्थिती रहेको थियो ा