राजस्व चुहावट मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–३१ निवासी ४२ वर्षीय प्रविन्द्र साह गोढलाई पक्राउ गरेको हो।
सम्मानित पर्सा जिल्ला अदालतको फैसलाअनुसार गोढलाई राजस्व चुहावट मुद्दामा ६ महिना कैद तथा ३ करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। फरार रहेका उनलाई मिति २०८३ वैशाख ३० गते पक्राउ गरी आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।