अरुणोदय लेडिज क्लबद्वारा आयोजित २१ दिने निःशुल्क मेहन्दी तालिम सम्पन्न भएको छ। साना छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा मेहन्दी कला सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रशिक्षक श्रृजना चौधरीले प्रदान गर्नुभएको थियो।
कार्यक्रममा क्लबकी कार्यसमिति सदस्य निलम अग्रवालले बालबालिकालाई सीपमूलक शिक्षासँग जोड्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा क्लबका पदाधिकारी, अभिभावक तथा स्थानीयवासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो