नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा पर्साको पटेर्वासुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, दक्षिणी सुगौलीमा निःशुल्क आँखा परीक्षण, चस्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज पन्जियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा वडा नं। ४ का वडाध्यक्ष वासु पन्जियार, विद्यालयका प्रधानाध्यापक रामाशंकर चौधरी तथा जिल्ला कार्यसमिति सदस्य मधुसूदन उपाध्याय विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए ।
कार्यक्रमको उद्घाटन अतिथिहरूले विद्यार्थीहरूलाई चस्मा तथा पर्चा वितरण गरेर गरेका थिए । शिविरमा विद्यार्थी तथा शिक्षक गरी करिब २८० जनाले आँखा परीक्षण सेवा लिएका थिए । आवश्यकताअनुसार निःशुल्क औषधि तथा चस्मा समेत वितरण गरिएको छ ।