बोक्सीको आरोप लगाई महिलालाई चप्पलले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पर्सा प्रहरीले तीन महिलालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक हरि बस्नेतले बताउनु भयो ा बीरगंज महानगरपालिका वडा नम्बर ३२ चोर्नी बस्ने ७२ वर्षीय कोशिलिया अहिरनि आफनो गहुबारीमा गहु हेर्न जाने क्रममा सोही स्थान बस्ने मुनती देवीले बाटो छेकी तिमी सँग एक छिन काम छ भन्दै आफनो घरको आँगनमा लगेर पिडीत महिलालाई बाँधेर मलाई भुतप्रेत लगाएर तिमीले बिरामी पारेको आरोप लगाउंदै गालीगलौज गर्दे चप्पलले कुटपिट गरेको हो ा पिडीत ७२ वर्षीय कोशिलिया अहिरिनले जिल्ला प्रहरी कार्यालय पर्सामा घटनाको बारेमा अवगत गराउदै जाहेरी दिएपछि सोही जाहेरीको आधारमा प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर ८ घण्टाघर नजिकै घुमफिर गरीरहेको अवस्थामा तीन महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक हरि बस्नेतले भन्नु भयो , पिडीत महिलालाई बोक्सीको आरोप लगाउंदै तीन महिलाहरुले कुटपिट तथा दुब्र्यहार गरेको हुनाले पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद गप गरी अनुसन्धान भईरहेको बताउनु भयो ा पक्राउ पर्नेहरुमा बीरगंज महानगरपालिका वडा नम्बर ३२ चोर्नी बस्ने ३८ वर्षीय पिंकी देबी , सोही स्थान बस्ने ४४ वर्षीय पानामति देवी र ५४ वर्षीय शान्ति देवी धानुक रहेका छन् ा