राष्ट्र , राष्ट्रियता , धर्म , संस्कृति तथा नागरिक बचाउँ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई बिधुतीय अपराध तथा राज्यबिरुद्धको कसुरमा पर्सा प्रहरीले पक्राउ गरी पर्सा जिल्ला अदालतबाट तिन दिनको म्याद गप गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक हरि बस्नेतले भन्नु भयो , प्रहरी हिरासतमा रहेको प्रसाईले बिभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जाल मार्फत सार्वजनिक नैतिकता , शिष्टाचार र सामाजिक सद्भाव बिरुद्ध असर पर्ने अभिब्यतिm दिएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ा विभिन्न जातजाति तथा सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुग्ने, कसैप्रति घृणा वा द्वेष फैलाउने तथा नेपाल सरकार र सरकारका कामकारबाहीप्रति निराधार, अप्रमाणित र अवहेलनापूर्ण प्रसाईले अभिव्यक्ति दिएको प्रहरीले आरोप लगाएको छ ा दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थकहरुले बालेन सरकार मुर्दावाद, दुर्गा प्रसाई जिन्दावाद नारा समेत लगाएका छन् ा मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साको पश्चिम पटी रहेको लाल बंगला अगाडी दुर्गा प्रसाईका समर्थक र प्रहरीबीच केही बेर भनाभन समेत भएको थियो ा प्रहरीले ज्यादती गरेको भन्दै केही बेर प्रहरी बिरुद्ध नाराबाजी समेत भएको थियो ा दुर्गा प्रसाइ मंगलवार बिहान बीरगंजको प्रसिद्ध शतिmपिठ गहवामाई मन्दिरमा पुजा आर्चना गर्ने कार्यक्रम रहेको हुदां सोमवार राती नै पर्सा प्रहरीले सिदार्थ दियालो होटलबाट जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको थियो ा