बीरगंज महानगरपालिकाको बोर्ड बैठकले अत्यावश्यक सेवावाहेक महानगरको सेवा बन्द गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर साँचो बुझाउने निर्णय गरिएको नगर प्रमुख राजेश मान सिंहले भन्नु भयो , बिगत तिन महिना देखी महानगरपालिकाका कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ा बिकाशको कार्य रोकिएको छ ा संघीय सरकारले बीरगंज महानगरपालिकामा प्रशासकिय अधिकृत रेश्मलाल कँडेललाई सरुवा गरेपनि हाल सम्म अधिकृत कंडेल महानगरपालिकाको सम्र्पकमा नआएको उल्टै अधिकृत कंडेल महानगरपालिका हाजीर नभई केही दिन अन्य स्थानमा बसेर पुर्ण मन्त्रालय फर्केका हुन् ा महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदां महानगर अस्तब्यस्त भएको छ ा अधिकृत विहीन भएको बीरगंज महानगरपालिकामा कामकाज ठप्प हुदां बिकाशको काम प्रभावित भएको हो ा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको आर्थिक तथा प्रशासनिक अधिकारसमेत मन्त्रालयले रोकिदिएपछि बिवाद चुलिदै गएको हो ा