बाराको कलैयामा किन्नर र तेस्रो लिङ्गी समूहबीच विवाद भएको छ । विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको जनाएको छ । आफ्ना साथीलाई नियन्त्रणमा लिएको विरोधमा आक्रोशित बनेका तेस्रो लिङ्गी तथा ९मङ्गलमुखी पुरुष तेस्रो लिङ्गी० हरूले जिल्ला प्रहरी कार्यालय बारा को मुख्य गेट अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा केही आन्दोलनकारीहरूले सडकमै कपडा खोलेर नाङ्गै प्रदर्शन गर्दै प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए । पक्राउ परेका व्यक्तिलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने माग राख्दै उनीहरूले केहीबेर प्रहरी कार्यालय अगाडिको सडक क्षेत्र तनावग्रस्त बनाएका थिए । अर्थनग्न भएर प्रर्दशन गर्नुको साथै सर्वसाधारण नागरिकहरुलाई अपशब्द भाषा प्रयोग गरी सार्वजनिक सुरक्षामा असर परेको भन्दै बारा प्रहरीले तिनजना तेसो लिडगीलाई पक्राउ गरेको छ ा पक्राउ पर्नेहरुमा रौतहट देवाही गोनाही गाउँपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय दिब्या रानी , सोही सथान बस्ने २५ वर्षीय निशा भारती र ५७ वर्षीय निशा देवी रहेकी छिन् ा पक्राउ परेका तिनजना माथी अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ा