अबैध लागु औषध बा्रउन सुगर सहित रौतहट प्रहरीले दुई युवकलाई पक्राउ गरी अनुसन्धान थालेको छ ा बिशेष सुचनाको आधारमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित रहेको महेन्द्र राजमार्ग सडकखण्डमा बा १७ प ७४३८ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ६, ३८० मिलीग्राम बा्रउन सुगर सहित सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ बस्ने ३० वर्षीय अरुण जंग राई र चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने ३६ वर्षीय सन्देश कुशवारलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ा उनीहरुको साथबाट प्रहरीले दुई थान मोबाइल बरामद गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर प्रहरीले बताएको छ ा