पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा फरार अभियुक्तलाई पक्राउ गरेको छ ा पर्सा जिल्ला अदालतले दोषी ठहर गर्दै जरिवाना तथा २ वर्षको कैद गरेको फैसला गरेपछि उक्त फैसलापछि पर्सा बहुदरामाई नगरपालिका वडा नम्बर ३ बस्ने ४५ वर्षीय सोनालाल साह तेली फरार भएका थिए ा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सुचनाको आधारमा तेली लुकी छिपी बस्दै आईरहेको जानकारी पाएपछि बीरगंज महानगरपालिका वडा नम्बर २१ परवानी क्षेत्रबाट फरार सोनालाल तेलीलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक हरि बस्नेतले बताउनु भयो ा पक्राउ परेका तेलीलाई बिहीवार पर्सा जिल्ला अदालतमा पेश गरिने छ ा यसैगरी वडा प्रहरी कार्यालय श्रीपुरले फरार अभियुक्तलाई पक्राउ गरेको छ ा पर्सा जिल्ला अदालतले दुई वर्ष कैद तथा गरीवानाको फैसला गरेपछि बीरगंज महानगरपालिका वडा नम्बर २० बस्ने ५० वषीय अनुप महतो फरार भएका थिए ा बिशेष सुचनाको आधारमा प्रहरीले महतोलाई बीरगंज महानगरपालिका वडा नम्बर २० को क्षेत्रबाट पक्राउ गरेको प्रहरी नायब उपरिक्षक हरि बस्नेतले जानकार िदिनुभयो ा पक्राउ परेका महतोलाई अदालतमा पेश गरिने बताउनु भयो ा