पर्साको ठोरी नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारीसाधनमा सशस्त्र प्रहरीले शुक्रबारदेखि रोक लगाएपछि सीमावर्ती क्षेत्रमा अन्योलको अवस्था सिर्जना भएको छ।
स्थानीय स्रोतका अनुसार ठोरी भ्रमणका लागि आएका भारतीय पर्यटकका सवारीसाधनलाई सशस्त्र प्रहरीले “माथिल्लो निकायको निर्देशन” भन्दै नाकामै रोकेको हो। यसका कारण घुम्न आएका पर्यटक नेपाल प्रवेश गर्न नपाई फर्किन बाध्य भएका छन्।
सवारीसाधनको प्रवेशमा रोक लगाएसँगै ठोरी क्षेत्रको पर्यटन व्यवसायसमेत प्रभावित भएको स्थानीय व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार पर्यटकको आवागमन घट्दा होटल, रेष्टुरेन्ट तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष असर परेको छ।