अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजू ठाकुरसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले गैरकानुनी लाभ तथा हानि पुर्याउने उद्देश्यले भ्रष्टाचार गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजू ठाकुर, तत्कालीन इन्जिनियर मुहम्मद साह फैसल, जनता नमुना माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र तथा लेखापाल जहीर मियाँविरुद्ध रु ११ लाख १० हजार ११४ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।
आयोगको आरोपपत्रअनुसार राजपुर नगरपालिका–५ स्थित जनता नमुना माध्यमिक विद्यालयमा ‘थ्री स्कुल ब्लक’ अन्तर्गत आठ कोठे भवन निर्माणका क्रममा भ्रष्टचार भएको अख्तियारको दाबी रहेको छ ा