वीरगञ्जस्थित टीभीएस मोटरसाइकल कम्पनीको कार्यालयमा प्रहरीले छापा मारी एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको टोलीले शुक्रबार कार्यालयमा छापा मारेको हो। प्रहरीका अनुसार कार्यालयमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारिएको थियो।
छापाका क्रममा कार्यालयमा कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिनुका साथै अनुसन्धानका लागि आवश्यक केही कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक मगरका अनुसार नियन्त्रणमा लिइएका कर्मचारी र बरामद कागजात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिइएको ब्यतिmको हाल सम्म केही नाम तथा वतन खुलाएको छैन् ा
प्रहरीले अनुसन्धान जारी रहेकाले घटनासम्बन्धी थप विवरण अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने जनाएको छ।