आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक ९असई० भएको बताउँदै प्रहरीको पोशाकमा खिचिएको तस्बिर देखाई विभिन्न आश्वासन दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा इलाम नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्दै आएकी ३३ वर्षीया दिपिका बोहोरा ९तामाङ० रहेकी छन्।
प्रहरीका अनुसार बोहोराले आफू प्रहरी कर्मचारी भएको विश्वास दिलाई एक व्यक्तिलाई झुक्यानमा पार्दै पटक–पटक गरी ई–सेवा तथा मोबाइल बैंकिङमार्फत १५ लाख ५० हजार रुपैयाँ आफ्नो खातामा जम्मा गर्न लगाएकी थिइन्। उक्त कार्य ठगी तथा आपराधिक लाभ ९एक्सर्टसन० अन्तर्गत पर्ने प्रहरीले जनाएको छ।
खोजतलासका क्रममा खटिएको प्रहरी टोलीले उनलाई असार १८ गते काठमाडौं महानगरपालिका–२६ गंगबु क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं ९भद्रकाली० पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।