पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर–४ स्थित रहेको मकैबारीबाट प्रहरीले २७ किलोग्राम सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा शुक्रबार राति सशस्त्र प्रहरी बेस क्याम्प प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त सुरक्षा टोलीले मकैबारीभित्र लुकाइराखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
बरामद गाँजासँग सम्बन्धित व्यक्तिको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।