विगत केही दिनयता बढ्दो तापक्रमका कारण वीरगञ्जको जनजीवन नराम्ररी प्रभावित भएको छ। दिउँसो तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेपछि सर्वसाधारणलाई दैनिक कामकाज गर्न कठिनाइ भइरहेको छ।
तातो हावा ९लु० र चर्को घामका कारण बजार, सडक तथा सार्वजनिक स्थलहरूमा मानिसको चहलपहल घटेको छ। अत्यावश्यक कामबाहेक अधिकांश नागरिक घरभित्रै बस्न बाध्य भएका छन्। गर्मीका कारण वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन्।
व्यापारीहरूले दिउँसोको समयमा ग्राहकको संख्या घटेको बताएका छन् भने सडकमा काम गर्ने मजदुरहरूलाई काम गर्न कठिन भइरहेको छ। अस्पतालहरूमा पनि गर्मीजन्य समस्या भएका बिरामीको संख्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन्।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीबाट बच्न प्रशस्त पानी पिउन, अनावश्यक रूपमा घाममा ननिस्कन तथा हल्का र सुती कपडा प्रयोग गर्न आग्रह गरेका छन्।