सर्वसाधारणलाई सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निसा मेहताको निर्देशनअनुसार अस्पतालमा सुलभ फार्मेसी सेवा सुरु गरिएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत सुशासन सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी अस्पतालहरूमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयनका क्रममा नारायणी अस्पतालमा पनि उक्त सेवा सुरु गरिएको हो।
मन्त्रालयले सुलभ फार्मेसीमार्फत सर्वसाधारणले सहुलियत मूल्यमा गुणस्तरीय औषधि सहज रूपमा प्राप्त गर्न सक्ने जनाएको छ। साथै, यस सेवाले बिरामीको उपचारमा आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।