पर्सागढी नगरपालिका–७ रघुनाथपुरमा विद्यार्थीहरूका लागि एकदिने निःशुल्क प्राथमिक उपचार तथा सीपीआर ९कार्डियोपल्मोनरी रिससिटेसन० तालिम सम्पन्न भएको छ।
रघुनाथपुर सामुदायिक भवनमा आयोजित तालिममा कक्षा १०, ११ र १२ का विद्यार्थीका साथै स्थानीय तहमा अध्ययनरत अन्य विद्यार्थीहरूको सहभागिता रहेको थियो।
तालिममा मुख्य प्रशिक्षक डा। चन्द्रभूषण सिंहले आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचार, सीपीआर गर्ने सही विधि तथा जीवनरक्षासम्बन्धी उपायबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो।
उहाँले समयमै सही प्राथमिक उपचार गर्न सके धेरैको ज्यान बचाउन सकिने उल्लेख गर्दै यस्ता सीप प्रत्येक नागरिकका लागि आवश्यक रहेको बताउनुभयो।
तालिममा अचानक हृदयघात वा श्वासप्रश्वास बन्द भएका व्यक्तिलाई गरिने सीपीआरको अभ्यास, सर्पदंशपछि अपनाउनुपर्ने प्राथमिक उपचार तथा त्यससम्बन्धी भ्रम र यथार्थबारे समेत जानकारी गराइएको थियो। सहभागी विद्यार्थीहरूले तालिमलाई उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।