अत्यधिक गर्मीका कारण रगतको अभाव हुन थालेपछि वीरगञ्ज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वडा कार्यालय भवनमा आयोजित कार्यक्रममा एक महिलासहित २२ जनाले रक्तदान गरेका छन्। कार्यक्रमको समन्वय ज्भउिष्लन थ्यगतज ऋगिद या द्यष्चनगलव ले गरेको थियो भने वडा अध्यक्ष बैजुलाल स्वर्णकार प्रमुख अतिथि रहेका थिए।
आयोजकले रगतको सहज उपलब्धता सुनिश्चित गर्न कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।