वीरगञ्ज महानगरपालिकाले सोमबार बिहानदेखि त्रिभुवन राजपथ अन्तर्गत मुख्य सडक क्षेत्रमा पुनः संरचना हटाउने ९तोडफोड० कार्य अघि बढाउने तयारी गरेको छ। महानगरपालिकाका कर्मचारी नगर प्रहरीले आईतवार राती माइकिंग गर्दै त्रिभुवन राजपथ अन्तर्गत पर्ने मेनरोडको दायाँ २५ मिटर तथा बायाँ २५ मिटरमा पर्ने संरचना भएका घर र टहराहरु हटाउन माईकिंग गरेका छन् ा
सडक विस्तार अभियानलाई निरन्तरता दिँदै महानगरपालिकाले राजमार्ग क्षेत्रभित्र पर्ने मापदण्ड विपरीतका घरटहरा, पर्खाल तथा अन्य संरचनामा डोजर चलाउने तयारी गरेको हो। यसअघि पनि उक्त क्षेत्रमा सडक विस्तारका क्रममा संरचना हटाइएका थिए भने बाँकी रहेका संरचनामा सोमबारदेखि पुनः अभियान सञ्चालन गरिने जनाइएको छ।
सडक विस्तारलाई प्रभावकारी बनाउन महानगरपालिकाले सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक तयारी पूरा गरेको बताइएको छ। अभियानका क्रममा स्थानीय प्रशासन तथा सुरक्षा निकायको बाक्लो उपस्थिती रह्ने बुझनमा आएको छ ा
त यसैबीच सोमबारदेखि पुनः तोडफोड अभियान सञ्चालन हुने भएपछि प्रभावित क्षेत्रका व्यवसायी तथा घरधनीहरू राज्यको डोजर आंतक बन्द हुनुपर्ने मांग गरेका छन् ा