वीरगञ्जस्थित प्रसिद्ध श्री गह्वामाई मन्दिरबाट हरेक वर्ष आयोजना हुँदै आएको श्री गह्वामाई रथयात्रा–२०८३ को तयारी तीव्र पारिएको छ। आगामी असार ३२ गते ९१६ जुलाई २०२६, बुधबार० आयोजना हुने रथयात्रालाई लक्षित गर्दै नेपाल र भारतका विभिन्न स्थानका भक्तजनलाई निमन्त्रणा वितरण गर्ने अभियान सुरु गरिएको श्री गह्वामाई तीर्थ क्षेत्र विकास समितिले जनाएको छ।
कार्यसमितिका सदस्यहरू घर–घरमा पुगेर भक्तजनलाई निमन्त्रणा वितरण गरिरहेका छन्। रथयात्रालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारीलाई समेत तीव्रता दिइएको समितिले जनाएको छ। यस वर्ष पनि नेपाल तथा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
ा