पेटा्रेलियम डिर्लस एसोसिएसनको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनबाट विनोदकुमार चौहरसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी, मजिद मियाँ वरिष्ठ उपाध्यक्ष, प्रदीपकुमार पटेल उपाध्यक्ष, रविन्द्र यादव महासचिव, मनोज मिश्र सचिव, पुरुषोत्तमकुमार गुप्ता सहसचिव तथा रामबाबु चौहान कोषाध्यक्षमा निर्विरोध चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै अधिवेशनले संस्थाको एकता, व्यवसायीहरूको हक–हित संरक्षण तथा संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।