पर्सा प्रहरीले १०२ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले सोमबार राति जगर्नाथपुर गाउँपालिका–१ स्थित इनारुवातर्फ जाने सडकखण्डमा भारततर्फ जाँदै गरेको बीआर ण्छ ब्ऋ घछद्धद्ध नम्बरको कारलाई शंकाका आधारमा रोकी जाँच गरेको थियो।
जाँचका क्रममा कारभित्र लुकाइछिपाइ राखिएका १० वटा पोकाबाट १०२ किलो ६२८ ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्लाको नर्कटियागञ्ज निवासी २५ वर्षीय गुड्डू वर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका वर्माविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।