निजगढ नगरपालिका–१ स्थित गुरु बजार क्षेत्रमा सोमबार बिहान दुई जनाबीच भएको विवादका क्रममा दाउ प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन्।
स्थानीय अन्दाजी ५० वर्षीय धनबहादुर घिमिरे र अन्दाजी ४० वर्षीय मानबहादुर बम्जनबीच सामान्य विवाद उग्र बनेपछि घिमिरेले दाउ प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहारबाट बम्जनको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ।
घाइते बम्जनको अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न धनबहादुर घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।