सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण मुख्यालय पर्साले भन्सार छली गरी नेपाल भित्र्याइँदै गरिएका रु। १२ लाखभन्दा बढी मूल्यका विभिन्न सामान तथा सवारी साधन बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरिएको रु। १ लाख ७० हजार बराबरको किराना सामान बरामद गरेको हो।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–२ इदगाह चोकबाट भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको प्रदेश ३–००१ ह ३४५१ नम्बरको अटो तथा कपडा सहित रु। ४ लाख ३५ हजार बराबरको सामग्री नियन्त्रणमा लिइएको छ।
यस्तै, वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोक क्षेत्रबाट भारतीय नम्बर प्लेट द्यच्ण्छब्ब् द्दद्दठघ को मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको रु। १ लाख ९५ हजार बराबरको मेडिकल सामग्रीसहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
भन्सार मेनगेट क्षेत्रबाट रु। १ लाख १६ हजार ४ सय बराबरको टाँगा, घोडी तथा कस्मेटिक र रेनकोटसमेत बरामद गरिएको छ। साथै नं। १३ गण मातहतको सीमा सुरक्षा गुल्म अलौबाट रु। १ लाख ३९ हजार ६ सय बराबरका सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका सबै सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, गण मातहतका विभिन्न इकाइहरूले भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको रु। २ लाख ८ हजार ४ सय ४० बराबरका अन्य सामानसमेत बरामद गरी थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमाक्षेत्रमा भन्सार छली नियन्त्रण अभियानलाई निरन्तरता दिइएको जानकारी दिएका छन्।