बाराको कलैया उपमहानगरपालिका–९ रामपुरमा घरको छतबाट लड्दा एक बालिका घाइते भएकी छन्।
ओमप्रकाश पटेलकी ५ वर्षीया छोरी श्रीनिधी पटेल आफ्नै एकतले घरको छतमा खेलिरहेका बेला अचानक लडेर घाइते भएकी हुन्।
घाइते बालिकाको प्रादेशिक अस्पताल कलैयामा प्रारम्भिक उपचार गरिएको थियो। थप उपचारका लागि उनलाई वीरगञ्जस्थित न्युरो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।
बालिकाको मुख र टाउकोमा चोट लागेको तथा उनको अवस्था मध्यम रहेको बताइएको छ। हाल उनको उपचार भइरहेको छ।
घटनाबारे साँझ करिब ७ बजे प्रादेशिक अस्पताल कलैयामार्फत अस्थायी प्रहरी पोस्ट बसपार्क बारालाई जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक विमलेश यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।