लागुऔषध मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तानका क्रममा फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
जिल्ला काठमाडौं महानगरपालिका–१५ चमती क्षेत्रबाट लागुऔषध बरामद भएको घटनासम्बन्धी मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतले २०८१ पुस ११ गते गरेको फैसलाअनुसार सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २३ वर्षीय विश्व वैजुलाई २ वर्ष कैद तथा १ लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।
कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा रहेका वैजु २०८२ भदौ २४ गते प्रदर्शनका क्रममा फरार भएका थिए। फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरबाट पक्राउ गरेको जनाएको छ।
हाल काठमाडौं नागार्जुन नगरपालिका–४ मा बसोबास गर्दै आएका वैजुलाई आवश्यक कानुनी कारबाहीका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।