नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलोमतोमा बारा र पर्सा जिल्लाको बिभिन्न नाकाबाट तस्करी सुचारु भएको स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ा गत केही हप्ता अगाडी गृहमन्त्री सुदन गुरुड लगायतका उनका टोलीहरुले पर्सा जिल्लाको बिभिन्न नाकामा अवलोकन तथा निरीक्षण गर्दा स्थानिय वासिन्दाहरुले पर्सा जिल्लाबाट तस्कर समुहका गिरोहहरुले भरिया मार्फत दैनिक पच्च्सास वटा भन्दा बढी साईकलमा तस्करीको सामाग्रीहरु ओसार पोसार भईरहेको गृहमन्त्री गुरुडलाई जानकारी गराइरहेको भिडीओ नै सार्वजनिक भएको थियो ा गृहमन्त्री सुदन गुरुडले स्थानिय वासिन्दाहरुको गुनासो सुनेपछि सिमानाकामा तस्करी नियन्त्रण गर्न आफनो पहिलो प्राथमिकता रहेको बताउनु भएको थियो ा राजस्व बृद्धी तथा तस्करी नियन्त्रण गर्नका लागी राज्यले सशस्त्र प्रहरीलाई जिम्मा दिएपनि सिमानाकामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको संरक्षणमा तस्करी संञ्चालनमा आएको हो ा सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति मोहन क्षेत्रीले आफनो मातहात रहेको सशस्त्र प्रहरी अधिकृतलाई तस्करी नियन्त्रण गर्नका लागी पटक पटक आदेश गरेपनि उनको आदेशलाई धोती लगाउंदै डिउटीमा खटेका सशस्त्र प्रहरीले तस्करहरु सँग मिलोमतो गरी तस्करी धन्दा फस्टाएको छ ा अस्थाई प्रहरी चौकी छपकैया , भकुवा, ईनर्वा गाउँ , नगवा , प्रहरी चौकी भन्सार ईवर्ना , बसपार्क लगायत पर्सा प्रहरी तथा सशस्त्र प्रहरीले प्रत्य्ेक महिला तस्कर , साईकल गु्रप अपाँड सँग प्रत्येक महिनावारी लिने गरेको एक तस्करले नाम नछाप्ने शर्तमा भने , राज्य सुशासन कायम गर्नका गुह मन्त्रलाय तथा प्रहरी प्रधान कार्यालयले घुमुवा परिचालन गर्न नपाईने भन्दै हरेक जिल्लामा पत्रचार गरेपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुचना संकलनका नाममा सादा पोशाकमा घुमुवा परिचालन गरेको स्पष्ट पर्सा जिल्लामा देखएिको छ ा जुन नियम बिपरीत रहेको छ ा सुचना संकलनका लागी खटिएका प्रहरीले तस्करहरु सँग समुधुर सम्बन्ध कायम गरी रकम उठाउने काम गरिेरहेका छन् ा पर्सा जिल्लाको हरेका प्रहरी चौकी , ईलाका प्रहरी कार्यालय पोखरीया , ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली लगायत स्थानहरुमा सादा पोशाकमा प्रहरी परिचालन भएका छन् ा वडा प्रहरी कार्यालय श्रीपुरमा खटिएका क्युआर टोली प्रहरीले वर्दी लगाएर तस्कर सँग साठगांठ गरेर रकम असुली गरेको बजारमा ब्यापक चर्चा भइरहेको छ ा सशस्त्र प्रहरीको बिओपी तथा बीरगंज भन्सारमा खटेका सशस्त्र प्रहरी अधिकृतल्े सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ा सादा पोशाका खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा तस्करी सुचारु भएको हो ा घरेलु प्रयोजनका लागी पाँच सयको सामान खरीद गरेर नेपाल भित्राउदा डिउटीमा खटेका सशस्त्र प्रहरीले भन्सार शुल्क तिरेर मात्र जान दिने गरेका छन् ा तस्करी सुचारु भएको हामीले प्रमाण सहित कलम चलाएका छौा सादा पोशाकमा खटेका र डिउटीमा खटेका सशस्त्र प्रहरी र पर्सा प्रहरीको मिलोमतोमा बीरगंजका्े मुटु भनिने माइस्थान चौकको पश्चिम पटी रहेको शोभा शाक्यको घर नजिकैबाट तस्कर समुहहरुले बिहीवार बिहान ८ बजे तीनवटा अटो रिक्शाबाट १० पोका भारतीय कपडा , कुर्ता सरुवाल डिलेभरी दिइरहेको सिसी क्याम्रामा स्पष्ट हेर्ने सकिन्छ ा तस्कर समुहहरुले भरिया महिलाहरुलाई प्रयोग गरेर छपकैया, भकुवा र ईनर्वा गाउँबाट तस्कर िगराएर अटो रिक्शामा प्रयोग गरेर सहज तरिकाले पुयाउने गरेका छन् ा पर्सा जिल्लाको ग्रामिण क्षेत्र जानकी टोला, अमरपटी , जगरनाथपुर लगायत स्थानहरुबाट तस्करी भईरहेको स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ा